
एजेन्सी । दिल्लीमा ‘विकेन्ड कर्फ्यू’ लगाइएको छ ।
विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ ।
दिल्लीमा पाँच हप्तामा कोरोना सङ्क्रमितको संख्या २५ गुणाले बढेपछि मुख्यमन्त्री अरविन्द केजरीवालले यस्तो निर्णय गर्नुभएको हो ।
नयाँ नियम अनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् ।
सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ ।
रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ ।
दिल्लामा हालसम्म ७ लाख ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ५४० जनाको कोरानाका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्