१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हरिद्वार कुम्भमेलामा सहभागी २१ सयमा कोरोना, पूर्वराजारानी सकुशल


0
Shares

काठमाडौं, बैशाख २ । भारतको उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेलामा सहभागी भएकाहरुमा कोरोना भाइरसको महामारी देखिएको छ ।

उत्तराखण्डको कोभिड १९ टेष्ट कन्ट्रोल रुमका अनुसार पाँच दिनको अवधिमा अहिलेसम्म सहभागी भएकामध्ये २ हजार १ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

१३ लाख भन्दा बढी भक्तजन सहभाागी रहेको सो कुम्भमेलामा संक्रमित भएकामध्ये केहीको मृत्यु भएको छ ।

सन्त महामण्डलेश्वर कपिल देवको पनि मृत्यु भएको छ । मेलामा सहभागीता जनाउन गएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि संक्रमित हुनु भएको छ ।

यसैबीच उक्त कुम्भमेलामा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहसँगै गएका चारै जना सकुशल रहेको पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिनुभयो ।

उहाँले कुम्भमेलामा जानुअघि पनि पीसीआर परीक्षण गरेको र नेपाल फर्किदा पनि पीसीआर गरेरै फर्कने बताउनु भयो ।

दिल्लीमा रहेका पूर्वराजारानी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यता भारतमा एकैदिन २ लाख कोरोना संक्रमित थपिएका छन् ।

बुधबार १ लाख ९९ हजार ६ सय बढीमा संक्रमण पुष्टि भएको हो ।

भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको जनाइएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ । १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक ५ सयभन्दा कम रहेकोमा बुधबार १ हजार ३८ जनाको मृत्यु भएको छ ।

दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ तारिखपछिकै सबैभन्दा धेरै हो ।