
सर्लाही, बैशाख २ । सर्लाहीमा कोरोना संक्रमितको संख्या बढिरहे पनि यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छैन ।
जिल्लाका अस्पतालहरुमा आईसीयु तथा भेन्टिलेटरको समेत व्यवस्था छैन ।
सबै पालिकाले कोभिड अस्पताल समेत सञ्चालन गर्न सकेका छैनन् ।
प्रदेश सरकारले सबै जिल्लामा पिसिआर मसिन जडान गर्ने निर्णय गरे पनि हालसम्म जडान भएको छैन ।
क्वारेन्टिनको व्यवस्थामा समेत ध्यान दिएको छैन । जिल्ला अस्पतालका प्रमुख डा संजीव सिंहले भने माथिबाट आउने निर्देशन अनुसारको तयारी गर्ने बताउनुभयो ।
कुनै चेकजाँच बिनै मानिसहरु भारतीय सीमा नाकाबाट वारपार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्