
काठमाडौं, बैशाख ३ । नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ ।
काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समय सीमासम्म पनि खाली नभएपछि ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको हो ।
प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।
प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ ।
सो भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।
यसअघि पसल तथा कम्पनी सिलबन्दी गरि कानुन बमोजिम लिलाम गरि सम्बन्धित व्यक्ति, फर्म तथा कम्पनीलाई कारबाही गरिने चेतावनी समेत ट्रष्टले दिएको थियो ।
भवन भाडामा लगाउने कन्सेप्ट डेभलप्र्सले सम्झौता सकिएको दश महिना बित्दा पनि भवन खाली नगरेपछि ट्रष्टले आफैले खाली गर्न कदम चालेको हो ।
प्रतिक्रिया दिनुहोस्