२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल र भारतका सबै समस्या सम्वादबाट हल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, बैशाख ३ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीच देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल भारत मैत्री संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र भारतबीचमा देखिएको सीमा लगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने स्पष्ट पार्नुभयो ।

मन्त्री ज्ञवालीले कोभिडविरुद्वको लडाईमा दुई मुलुक एकसाथ अगाडि बढेको भन्दै खुला सिमाना रहेको र मानिसहरुको आवागमनका कारण कोभिड महामारी फैलन नदिन आपसी सहकार्यमा गरी काम गरिराखेको बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भनाइ र भाषणमा मात्रै दुई देशबीचको सम्बन्धलाई सिमित नगरी व्यवहारीक रुपमा लागू गर्नुपर्ने बताउनुभयो ।

जनताको विश्वास टुटन नदिन पनि दुवै देशको बीचमा भएका समस्यालाई छिट्टै हल गर्नुपर्नेमा उहाँको जोड थियो ।

अर्को एक प्रसंगमा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको विकाशको मोडल नेपालका लागि सबैभन्दा राम्रो भएको जिकिर गर्नुभयो ।