
झापा, बैशाख ३ । झापाको बिर्तामोडमा प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
बैशाख २३ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश, तीन विभागीय टिम र आयोजक टिमीले सहभागीता जनाउने बीरता जेसीजका अध्यक्ष राजीव धिमालले जानकारी दिनुभयो ।
शुक्रबार झापामा पत्रकार सम्मेलन गरी तौल समूहका आधारमा ६ वटा पुरुष समूह र ४ वटा महिला समूह गरी १० वटा तौल समूहबीच खेल हुनेछ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मेहरमानस्मृति प्रतिष्ठानको कवडहलमा प्रतियोगिता हुने छ ।
प्रतिक्रिया दिनुहोस्