३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको नाम अनुमोदन


0
Shares

काठमाडौं, बैशाख ३ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय कुमार चुँडाल र नहकुल सुवेदीको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

समितिमा शुक्रबार भएको सुनुवाइपछि दुबै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

सुनुवाइका क्रममा सासंदहरुका प्रश्नको जवाफ दिँदै प्रस्तावित न्यायाधिश चुँडालले सर्वोच्चमा बेञ्च सेटीङको चर्चा हुने गरेको भन्दै आफु त्यस्तो सेटीङमा नलाग्ने बताउनुभयो ।

न्यायालयमाथि प्रश्न उठ्नै नहुने भन्दै सुधारको लागि आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै अर्का प्रस्तावित न्यायाधिश नहकुल सुवेदीले न्यायीक सुधार सहज नभएको भन्दै धेरै प्रयास भए पनि अपेक्षित नभएको बताउनुभयो ।

यस्तै सुनुवाइका क्रममा समितिका सदस्यहरुले न्याय, न्यायाधीश र न्यायालयसँग सम्बन्धित प्रश्न गरेका थिए ।