१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा निर्वाचित पदाधिकारीको पदस्थापन


26
Shares

काठमाडौं, बैशाख ३ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको निर्वाचित पदाधिकार र सदस्यको पदस्थापन भएको छ ।

शुक्रबार राजधानीमा भएको कायक्रममा उनीहरुलाई निवर्तामान कायसमितिले पद हस्तान्तरण गरेको हो ।

निर्वाचन समितिका संयोजक राजन कुइकेलले निर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा महासंघका नव निर्वाचित अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले प्रेस स्वतन्त्रा, पत्रकारको हकहितमा सम्झौता नगर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले अध्यक्ष पोखरेल, महासचिव पुरी र राजन कुइकेल लगायतलाई सम्मान गर्नुभएको थियो ।

गत चैत २५ गते सम्पन्न महासंघको २६औं महाअधिवेशन अन्तर्गत भएको निर्वाचनबाट प्रतिष्ठान प्रदेश सचिव पदमा ईमेज सहकर्मी नरेन्द्र मानन्धर समेत निर्वाचित हुनु भएको छ ।