१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित


0
Shares

काठमाडौं, बैशाख ३ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थलमा विमान अवतरण गर्ने अवस्था नभएपछि ४ वटा अन्तर्राष्ट्रिय र ७ वटा आन्तरिक उडानका बिमान डाइभर्ट गरिएको छ ।

अन्तर्राष्ट्रियतर्फ साउदी अरबबाट आएको हिमालय एयरलाइन्सको बिमान र दिल्लीबाट आएको एयर इन्डियाको बिमान बणारसी पठाइएको थियो ।

यस्तै दोहाबाट आएको कतार एअरवेजको बिमान कोलकात्ता र नेपाल एअरलाइन्सको दिल्लीबाट आएको विमान दिल्ली नै डाइर्भट गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यस्तै देशका विभिन्न स्थानबाट आएका विमानहरु पनि काठमाडौंमा अवतरण गर्ने अवस्था नभएपछि डाइभर्ट गरिएको थियो ।