२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनको मूल्य उकालो लाग्ने क्रम जारी


0
Shares

काठमाडौं, बैशाख ३ । शुक्रबार पनि सुन चाँदीको भाउ उकालो लाग्ने क्रम जारी रह्यो ।

स्थानीय बजारमा सुनको भाउ पुनः तोलाको ९० हजार माथि पुग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले उकालो लागेर ९० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि ३ सयले बढेर ८९ हजार ८ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेर १३ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रति औंन्स १७ सय ८० डलर हाराहारीमा कारोबार भैरहेको थियो ।