
काठमाडौं, बैशाख ३ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरेको आरोपमा काठमाडौंको जय पशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससहित ५ जना विरुद्ध १ करोड मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ ।
जय पशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत ५ जनाले राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको हो ।
सञ्चालक र संस्थाविरुद्ध विभागले १ करोड १३ लाख बिगो मागदाबी सहित मुद्दा दायर गरेको जनाएको हो ।
इम्पेक्सका प्रोप्राइटर दास र भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतलमा पोते लोड गरी ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्