
सिन्धुपाल्चोक, असोज २४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१०, गैटारमा बस दुर्घटना हुँदा कम्तिमा नौ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै र तीनजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
शुक्रबार सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका-९ का हिरा श्रेष्ठ, मुना लम्साल र विनोद लम्साल, इन्द्रावती गाउँपालिका-१० का रितेश आचार्य र सुभाष तामाङ, इन्द्रावती गाउँपालिका-१४ का सुमित पुर्कुटी, काभ्रे, पाँचखालकी संगीता पुर्कुटी, ललितपुरकी समिता श्रेष्ठ र काभ्रे, बनेपाका बस चालक केदार महाजु रहेको जनाइएको छ ।
बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
घाइतेहरुको उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ । घाइतेमध्ये २३ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्