२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चीन र अमेरिका जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सहकार्य गर्न प्रतिबद्ध


0
Shares

एजेन्सी । चीन र अमेरिकाले जलवायु परिवर्तको मुद्दामा सहकार्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

साथै यसबारे अन्य मुलुकसँग सँगसँगै काम गर्न इच्छुक रहेको पनि उनीहरुको भनाइ छ ।

गत हप्ता चीनको सांघाइमा दुबै मुलुकका विषेश दूत सी झेनहुवा र जोन केरीबीच भएको विभिन्न चरणको वार्तापछि जलबायु परिवर्तनको प्रभाव न्यूनीकरणका विषयमा सहकार्य गर्न चीन र अमेरिका प्रतिबद्ध रहेको धारणा सार्वजनिक गरेका हुन ।

चीन र अमेरिकाले आज जारी गरेको संयुक्त वक्तव्यमा दुबै देश कार्बन उत्सर्जनमा थप कमी ल्याउन विशेष काम गर्न सहमत भएको उल्लेख गरिएको छ ।

यो मुद्दा गम्भीर र तत्काल सम्बोधन गर्नु पर्ने विषय भएकाले दुवै देशबिच वार्ता जारी राख्ने र पेरिस जलवायु सम्झौता अनुरुप तय भएको सीमामा तापक्रम वृद्धि सीमित गर्नका लागि आवश्यक पहल गर्ने सहमति भएको वक्तव्यमा जनाइएको छ ।

त्यसैगरी विकासशील देशहरुलाई सक्दो कम कार्बनयुक्त उर्जा उत्पादनका लागि आर्थिक सहयोग गर्ने सम्बन्धमा पनि अमेरिका र चीन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो बिहीबार र शुक्रबार ४० देशका नेताहरुसँग भर्चुअल रुपमा जलवायु सम्मेलन गर्दै हुनुहुन्छ ।

चीनले सम्मेलनका लागि आफु उत्साहित रहेको बताएको छ ।

तर सो सम्मेलनमा चिनियाँ राष्ट्रपति सहभागी हुने–नहुने अझै स्पष्ट भएको छैन ।