
बागलुङ, बैशाख ७ । बागलुङको निसीखोला गाउँपालिकाले सातवटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ ।
यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका बिउ र विरुवा वितरण गर्न थालेको छ ।
गाउँपालिकाले सातवटै वडालाई फरक–फरक बाली तथा फलफूलमा पकेट क्षेत्र बनाउने भएको हो ।
वडा नम्बर १ लाई किबी, २ लाई कागती र मकै, वडा नम्बर ३ लाई किबी र दाँते ओखर, वडा नम्बर ४ लाई कागती, ओखर, वडा नम्बर ५, ६ मा आलु तथा पशुपालन र वडा नम्बर ७ मा अलैची पकेट क्षेत्र बनाउन थालिएको हो ।
फलफूल पकेट क्षेत्र पर्ने वडामा ‘विरुवा हाम्रो, फल तपाईको’ कार्यक्रम समेत संचालन हुने गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्