२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना नियन्त्रणका लागि काठमाडौं सिडिओ कार्यालयले निकाल्यो १३ बुँदे सूचना, पालना नगर्नेलाई कारबाहीको चेतावनी


0
Shares

काठमाडौं, वैशाख ७ । कोरोना भाइरस संक्रमणले पछिल्लो पटक तिब्रता लिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनीमूलक सूचना जारी गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सिडिओ कार्यालयले निकालेको १३ बुँदे सूचनामा विभिन्न सुरक्षा मापदण्ड अपनाउन अपील गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रका आधारमा प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन आग्रह गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा पनि सिट क्षमताभन्दा बढी यात्रु नराख्न, यात्रुवाहक सवारी साधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन भनिएको छ ।

प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

हेर्नुहोस् सूचनाः