१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति देवघाट पुग्यो


0
Shares

चितवन । रामनवमीको अवसरमा बुधबार माडीको अयोध्यापुरीमा स्थापना गरिने राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति देवघाट आइपुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मंगलबार बिहान हस्तान्तरण भएको मूर्तिलाई देवघाट ल्याइएको हो ।

देवघाट पुर्‍याउनुअघि दासढुङ्गामा सांसदहरू कृष्णभक्त पोख्रेल, विजय सुवेदी, कृष्ण भुर्तेल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रसाद अधिकारी लगायतको स्वागत गर्नुभएको थियो ।

बाजागाजा सहित स्वागत गरिएको मूर्ति मंगलबार देवघाटनै राखिने र बुधबार बिहान माडी लगिने छ । चार वटा गाडीमा चार वटा मुर्ति र अन्य सवारीहरूको साथमा देवघाट ल्याइएको हो ।

बुधबार बिहान पीठाधिशहरूको उपस्थितिमा पवित्र जलले जलाभिषेख गरी माडी प्रस्थान गराइने र माडी प्रवेश गर्दा पर्शुराम कुण्डको पवित्र जलले जलाभिषेक गराइ स्थापना गरिने छ ।