
काठमाडौं, बैशाख ७ । सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने तर कारबाही गरे कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ ।
अध्यक्ष एवं संसदीय दलका नेता ओलीले माधव नेपालसहितका ३२ सांसदलाई पार्टीबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेपछि अफ्ठ्यारोमा परेका नेपाल समूहका सांसदहरुको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
नयाँ बानेश्वरमा मंगलबार बसेको नेपाल समूहका सांसदहरुको बैठकमा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिनुभयो ।
नेपाल पक्षमा लागेका प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेश सभाका ५ सांसदलाई ओलीले एक साथ कार्वाहीको पत्र पठाएपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको हो ।
नेपाल समूहले अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने निर्णइ पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्