१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा


0
Shares

काठमाडौं, बैशाख ७ । कोरोना संक्रमणको कहरबीच सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

रथ यात्रा गर्नु अघि केलटोल जनबहालमा रहेको मन्दिरबाट मच्छिन्द्रनाथको मूर्तिलाई सानो खटमा राखेर मन्दिर क्षेत्र परिक्रमा गराएर थियो ।

जमल तीनधारा पाठशालामा रहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराई सकेपछि साँस्कृतिक बाजा गाजा सहित रथ यात्रा गरिएको हो ।

रथलाई तानेर असन चोक पुर्‍याइएको छ ।

बुधबार रथ असनबाट हनुमान ध्वाखा स्थित कालभैरव अघि लगिने छ ।

पछि हनुमान ध्वाखाबाट लगन टोल लगेर जात्रा गर्ने गरिन्छ ।

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने र माक्स निशुल्क व्यवस्था गरिएको सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

गत वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो ।

करुणामयको प्रतिक सेतो मच्छेन्द्रनाथलाई शैवले शिव, शाक्तले शक्ति र महायानी र बज्रयानी बौद्धले आर्याअवलोकितेश्वर बोधिसत्वको रुपमा पुज्ने गर्दछन् ।