
काठमाडौं, बैशाख ७ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र ठोस निर्णयमा पुग्न असफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटिको बैठकमा समर्थन फिर्ता बारे छलफल भएपनि समर्थन फिर्ताको निर्णय लिन बैठक असफल भएको हो ।
बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले निहित स्वार्थका लागि राष्ट्रिय स्वाधिनतामा सौदाबाजी गरेको आरोप लगाउनुभएको थियो ।
बैठकपछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकार विस्थापित गर्न कांग्रेससहित अन्य दलहरुसँग छलफल जारी रहेको र छिट्टै निश्कर्षमा पुग्ने बताउनुभयो ।
बैठकले सरकारले संविधान र लोकतन्त्र विरुद्धका गतिविधि गरिरहेको, जनताको जनादेश विरुद्ध काम गरेको, बिसर्जनवादी आक्रमण गरेको र बाह्य हस्तक्षेपलाई आमन्त्रण गरेको ठहर गरेको छ ।
अर्को बैठक बुधबार पुनः बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्