७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


सुरक्षाका मापदण्ड पालना गरेर सेवादिन राष्ट्र बैंकको निर्देशन


0
Shares

काठमाडौं, बैशाख ७ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर फैलँदै गएको भन्दै उच्च सतर्कतासहितनिरन्तर सेवादिन बैंक तथावित्तीय संस्थाहरूलाई निर्देशनदिएको छ ।

केन्द्रीय बैंकले सूचनाजारी गर्दै संक्रमण तीव्र बढेकाले सजगभएर कारोबार गर्न निर्देशनदिएको हो ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाहगर्न निर्देशनदिइएको छ ।

सेवाग्राहीको भीडभाड नहुने तथाभौतिक दूरी कायमहुने व्यवस्थालाई सेवाप्रवाहगर्नुपर्ने बैंकले जारी गरेको सूचनामाउल्लेख छ ।

बैंक तथावित्तीय संस्थाहरूले प्रदानगर्ने सेवाहरू यथा सम्भवविद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझावदिएको छ ।

बैंकहरूले आफ्ना एटीएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिमन्यूनीकरण गर्न ढोकाखुला राखी स्यानिटाइजर एवं टिस्यू पेपरको व्यवस्थागर्न पनिभनिएको छ ।

बैंकहरूले कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्ककालागिकोभिड–१९ सुरक्षाव्यवस्थापन समूहलाई सक्रिय रूपमा परिचालनगर्नुपर्ने छ ।

स्वास्थ्य सतर्कताबारे यसअघि दिएकानिर्देशनलाई समेत पालनागर्न पनि केन्द्रीय बैंकले ध्यानाकर्षण गराएको छ ।