१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चापाकोट नगरपालिका एक साता बन्द


0
Shares

स्याङ्जा, बैशाख ८ । स्याङ्जाको चापाकोट नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ ।

केही दिनअघि भारत भम्रण गरी फर्किएकासहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिकाभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख शिव कुमारी गिरीले जानकारी दिनुभयो ।

संक्रमणबाट बच्न चापाकोट बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पूर्ण रुपमा वन्द गर्ने, जरुरी कामबाहेक घर बाहिर नस्किने र उच्च सतकर्ता अपनाउन नगरपालिकाले नगरवासीमा अपिल गरेको छ ।