
काठमाडौं, बैशाख ८ । मंगलबार सामान्य अंकले हरियो रहेको शेयर बजार बुधबार पुनः ओरालो लाग्यो ।
निरन्तरजसो बुलिस ट्रेण्डमा रहेको बजार आइतबार र सोमबार ओरालो लागेको थियो ।
मंगलबार तीब्र उतारचढावबीच सामान्य अंकले हरियो रहेर थामिएको बजारमा बुधबार पुनः दोहोरो अंकको गिरावट आएको हो ।
कारोबार पनि औसत दिनका तुलनामा न्यूननै ६ अर्ब तल रह्यो ।
नेप्से ३२ अंकले ओरालो लागेर २६ सय ३२ मा आइपुग्यो ।
यस दिन सामुहिक लगानी कोष समूह नगन्य अंकले हरियो रहे बाहेक अरु सबै समूह रातो रहे ।
बीमा समूह डेढ सय अंक हाराहारीले ओरालो लागे । विकास बैंक, लघुवित्त, वाणिज्य बैंक, जलविद्युत, होटल तथा पर्यटन क्षेत्र दोहोरो अंकले झरे ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १४ कम्पनीको १ करोड ३८ लाख कित्ता शेयर ५ अर्ब ७७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्