२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पर्वतको कुश्मा नगरपालिका बिहीबारदेखि एक साता बन्द


0
Shares

पर्वत, बैशाख ८ । कोरोना (कोभिड–१९) को संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै पर्वतको कुश्मा नगरपालिकाका सम्पुर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको छ ।

कार्यालयका प्रमुख प्रशकीय अधिकृत कुमानसिंह गुरुङलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि लागु हुने गरी बैशाख १५ गते बुधवारसम्म सबै सेवा ठप्प पारिएको हो ।

कार्यालयबाट सम्पादन हुने नियमित सेवाहरु योजना सम्झौता, राजश्व संकलन भुक्तानी लगायतका कार्यहरु पुर्ण रुपमा बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अत्यावश्यक सेवाहरु जस्तै स्वास्थ्य, फोहोरमैला संकलन, दमकल लगायतका सेवाहरु भने नियमित रुपमा संचालन हुने भएका छन् ।

एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहिमा पर्ने असरप्रति क्षमायाचना गर्दै कोभिड–१९ विरुद्ध संवेशनशिल बन्न कार्यालयले आग्रह गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले पनि सुचना जारी गर्दै भिडभाड हुने सवै गतिविधि बन्द गर्न आग्रह गरेको छ ।

प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा चेकजाँचलाई कडाई पारेको भने सवारी साधनहरुमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ ।