
काठमाडौं, वैशाख ८ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर पार्टी एकता जोगाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताका हैसियतमा ओलीको भूमिका महत्वपूर्ण हुने भन्दै उदार मनका साथ सबै नेतालाई समेटेर अघि बढ्न आग्रह गर्नुभएको हो ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवादका लागि सुझाव दिँदै भट्टराईले एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्न आग्रह गर्नुभएको हो ।
एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुशी हुने तर आम पार्टी पंक्ति र जनता निराश बन्नेबारे पनि आफूले भनेको नेता भट्टराईको भनाइ छ ।
सर्वोच्च अदालतले फैसला गरेको बिन्दुमा टेकेर अगाडी बढ्न अध्यक्षलाई आग्रह गरेको भन्दै उहाँले त्यसका लागि आफूहरुको सहयोग रहने बताउनुभएको थियो ।
ओलीले भने पार्टीलाई एक राख्न आफ्नो तर्फबाट भूमिका खेल्ने भन्दै ‘सबैलाई पार्टीमा स्वागत छ, आउनुस् काम गरौं’ भन्नुभएको पनि भट्टराईले जानकारी दिनुभययो ।
भट्टराईसहित २७ सांसदलाई कारवाही गर्न अध्यक्ष ओलीले पत्र काटेपछि दुई नेताबीच बुधबार करिब दुई घण्टा भेटवार्ता भएको हो ।
प्रतिक्रिया दिनुहोस्