१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली नोटसहित कांग्रेस नेता पक्राउ


0
Shares

सुनसरी, बैशाख ८ । धरानमा स्थानीय कांग्रेस नेतासहित तीन जना नक्कली नोटसहित पक्राउ परेका छन् ।

इनरुवा–४ स्थित स्टार होटल अगाडिबाट नक्कली नेपाली नोट सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपाली कांग्रेस धरान उपमहानगर समितिका उपसभापति महेन्द्र तामाङ, धरान–१९ का ६६ बर्षिय टेकबहादुर तामाङ र सुनसरी हरिनगरा गाउँपालिका–२ का २४ बर्षिय नजिम साफि रहेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट कागजमा पोको पारी राखेको अबस्थामा ४ सय १५ थान एक हजार दरका नक्कली नोट बरामद गरिएको छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कार्वाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

नक्कली नोट सहित पक्राउ परेका तामाङलाई पदबाट निलम्बन गर्ने तयारी भैरहेको जनाइएको छ ।