१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल पक्षको रिट सर्वोच्चमा दर्ता भएन


0
Shares

काठमाडौं, बैशाख ८ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गरेका निर्णयहरु रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका माधव नेपाल समूहको रिट निवेदन बुधबार सर्वोच्चमा दर्ता हुन सकेन ।

सर्वोच्चको आदेशबाट ब्युँतिएको नेकपा एमालेमा अध्यक्ष ओलीले एकलौटी निर्णय गरेको र असन्तुष्ट समूहका २७ जना सासंसदलाई कारबाही गर्न खोजेको भन्दै त्यसलाई रोक्ने मागसहित उनीहरु सर्वोच्च पुगेका थिए ।

तर सर्वोच्चले समय अभाव देखाउँदै आज रीट निवेदन दर्ता नगरेको हो ।

नेपाल समूहबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, शम्भु थापा र अधिवक्ता गोबिन्द बन्दी लगायतले प्रधानमन्त्री केपी शर्मा ओली, एमाले महासचिब ईश्वर पोखरेल र सभामुख अग्नि सापकोटालाई विपक्षी बनाई रिट निवेदन दर्ता गराउन खोजेका हुन ।

रिट निवेदनमा पार्टी अध्यक्ष ओलीले गरेका निर्णयहरु रोक्न र आफुहरुमाथि हुने कारवाही रोक्न उत्प्रेषण, प्रतिषेध र परमादेशको आदेश माग गरिएको छ ।

रिट निवेदन दर्ता पक्रियामा रहेकाले भोलि दर्ता हुनसक्ने बुझिएको छ ।