१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


८६ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


0
Shares

काठमाडौं, बैशाख ८ । निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।

आयोगको बैशाख ६ को निर्णयानुसार लगातार तीन आर्थिक वर्षसम्म आयोगमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ वटा राजनीतिक दल र नियमित रूपमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४० वटा राजनीतिक दललाई लेखा परीक्षण प्रतिवेदन नबुझाउनुको कारण सहित सात दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

स्पष्टीकारण सोधिएका दलहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपाली काँग्रेस वीपी, नेपाली कांग्रेस राष्ट्रवादलगाएत छन् ।

राजनीतिक दलहरुले तोकिए बमोजिम लेखा नराखेमा, लेखापरीक्षण नगराएमा वा लेखा परीक्षण प्रतिवेदन आयोगमा नबुझाएमा वा माग गरे बमोजिम स्पष्टीकरण पेश नगरेमा जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने समेत व्यवस्था रहेको छ ।