
बागलुङ, बैशाख ९ । बागलुङको धौलागिरी अस्पतालमा पीसीआर मेशिन जडान गरिएको छ ।
अस्पतालमा पीसीआर प्रयोगशाला तयारी अवस्थामा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।
प्रयोगशाला सञ्चालनपछि बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लावासीलाई सहज हुनेछ ।
गत वर्ष असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धौलागिरीसहित जिल्लाका विभिन्न १० वटा अस्पतालमा पीसीआर मेशिन राख्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्