
काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा सांसदहरुले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरण धमाधम बुझाउन थालेका छन् ।
वरिष्ठ नेता माधव नेपालसहितका नेताहरुले क्रमशः संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण बुझाउनुभएको हो ।
नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, भवानी खापुङ र सुरेन्द्र पाण्डेलगायत नेताहरुले संसदीय दलको कार्यालयमा स्पष्टीकरण बुझाउन थाल्नुभएको छ ।
स्पष्टीकरणमा नेताहरुले आफ्ना गतिविधि नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीअनुरुपै भएको जिकीर गरेका छन् ।
अध्यक्ष ओलीले लगाएका सबै आरोप निराधार भएको दाबी पनि स्पष्टीकरण दिने सांसदहरुले गरेका छन् ।
मंगलबार एमाले अध्यक्ष ओलीले माधव नेपालसहित संघ र प्रदेशका २७ सांसदलाई संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै स्पष्टीकरण सोध्नुभएको थियो ।
हेर्नुस्, नेता एवं सांसद सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरणः
प्रतिक्रिया दिनुहोस्