
काठमाडौं, बैशाख ९ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ९ सय ग्राम हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ्ग घर भएका ४९ वर्षिय दावा लामा तामाङ्ग रहेका छन ।
दावालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लामाबाट बरामद लागुऔषधको मूल्य नेपाली बजारमा ९० लाख रुपैया पर्ने लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ । दुबई हुदै पाकिस्तान पुगेका उनले त्यहाँ हेरोइनका ९३ वटा क्याप्सुल निलेर नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।
लामाको कारोबारमा संलग्न धादिङ्गका देबिमाया भन्ने गोपि तामाङ्ग, होनिमाया तामाङ्गनी, बैंश बहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनिहरुबाट ३ सय अमेरिकि डलर पनि बरामद गरिएको छ ।
पक्राउ परेका देबिमाया भन्ने गोपि तामाङ्ग लामो समयदेखि विभिन्न देशमा बसेर लागुऔषध कारोबारमा संलग्न रहदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
दावा लामा तामाङ्ग पहिले पनि लागुऔषध कारोबारमा ५ बर्ष जेल सजाय भुक्तान गरिसकेको ब्यक्ति भएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्