
सुनसरी, बैशाख ९ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
इटहरी १७ बर्षिया किशोरीलाई गाउँपालिकामा जागिर लगाईदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गराई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
गाउँपालिकाका अध्यक्षले सरकारी गाडीमा युवती राखी धरान तर्फबाट लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । धरान उपमहानगरपालिका–४ को डुकु होटलवाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।
किशोरीका अभिभावकले आज जबरजस्ती करणी ऐन अन्र्तगत जाहेरी दिए पछि यादवविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी आवश्यक कारबाही अगाडी बढाएको छ ।
यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाँऊपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् । पक्राउ गरिएका यादव र किशारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गरिएको छ ।
स्वास्थ्य परीक्षणपछि किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्