२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलमा लाग्ने शुल्क हट्यो


26
Shares

बागलुङ, बैशाख ९ । बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल तरे बापतको शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ ।

नगरपालिकाले मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षक राखेर पुल तर्ने यात्रुबाट २० रुपैयाँ असुल्न थालेको थियो ।

तर जनस्तरबाट व्यापक विरोध भएपछि शुल्क लिने निर्णय फिर्ता भएको नगरपालिकाले जनाएको छ ।

चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउ÷जाउ गर्ने यात्रुबाट २० रुपैयाा लिने निर्णय गरेको थियो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विद्यार्थीलाई १० रुपैयाँ तथा विदेशी पर्यटकलाई ५० रुपैयाँ तोकिएको थियो ।

सर्वसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुङ्गे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा यो निर्णयको विरोध भएको थियो ।

बागलुङ नगरपालिक–१ बाङ्गेचौर र कुश्मा नगरपालिका–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुललाई सिङ्गल स्पानतर्फ संसारकै लामो भनिएको छ ।