
काठमाडौं, बैशाख ९ । नेकपा एमालेका नेता माधव कुमार नेपाल पक्षले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलेको कारवाही रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
माधव कुमार नेपाल सहित ४ सांसदले प्रधानमन्त्री ओलीले जतिबेला पनि दल त्यागको कारवाही गर्न सक्ने भन्दै त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमा प्रतिषेधको आदेशद्वारा कारबाही तत्काल रोक्न आदेश जारी गराउन माग गरिएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले थप कारवाही गरी कार्यान्वयनका लागि प्रतिनिधि सभा तथा संसद सचिवालयमा पठाउन सक्ने भन्दै त्यस्तो कार्यान्वयन नगराउने आदेश पनि मागिएको छ ।
माधव कुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालले दर्ता गराएको रिटमा सर्वोच्चले आईतबारका लागि पेशी तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्