२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि जेठ ६ गते निर्वाचन


0
Shares

काठमाडौं, बैशाख ९ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ ।

मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश र अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापा नेकपा एमाले प्रवेश गरेपछि उनको स्थानमा निर्वाचन हुन लागेको हो ।

उपचुनाव प्रयोजनका लागि आयोगले वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।