१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सोलुखुम्बुमा हिमपातले टेलिफोन र ईन्टरनेट सेवा अबरुद्ध


0
Shares

सोलुखुम्बु, बैशाख ९ । हिमपातका कारण सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको छ ।

बुधबारदेखि लगातार परेको हिमपातका कारण लुक्ला, स्याङबोचे लगायतका स्थानमा नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध बनेको स्याङबोचेमा कार्यरत कर्मचारी महेश भण्डारीले जानकारी दिनुभयो ।

हिमपातका कारण कार्यालयको सेवा पनि प्रभावित बनेको उहाँको भनाइ छ ।

आरोहण सिजन भएकाले विगतका दिनमा पर्यटकको चहलपहल भएपनि अहिले सुनसान जस्तै रहेको छ । नाम्चे क्षेत्रमा पनि हिउँ परेको छ ।

कोरोना कहरले थलिएको खुम्बुको पर्यटन यस वर्ष भने केही आशा जगाउँदै आएको छ ।

फाटफुट रुपमा आएका पर्यटक हिमपातमा रमाउन थालेका छन् । हिमपातसँगै गइसकेको चिसो फेरी बढेको स्थानीयले बताएका छन् ।