२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सुनको मूल्य उकालो लाग्नेक्रम जारी


0
Shares

काठमाडौं, बैशाख ९ । बिहीबार पनि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रह्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन त एकै पटक १३ सयले बढेर ९२ हजार कायम भएको थियो ।

यस दिन चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १३ सय ३५ मा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंन्स १७ सय ८७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।