
काठमाडौं, बैशाख १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भ धरहराभन्दा माथि पुगेको आरोप लगाउनुभएको छ ।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहेनुभएका नेपालले ओलीसँग बिहीबार भएको वार्ताका क्रममा आफूलाई धरहरा देखाउँदै दम्भ प्रदर्शन गरेको व्यङ्ग्य गर्नुभयो ।
प्रधानमन्त्री ओलीको दम्भ अहिले धरहराभन्दा माथि भ¥याङ उक्लेर चढेको छ, उहाँले भन्नुभयो, ‘उहाँ हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो ।
धरहरा हेरेर आफ्नो दम्भ देखाउँदै हुनुहुन्थ्यो । उहाँको दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौ, पार्टी पनि छोडदैनौँ, संघीयता त्याग्दैनौँ ।
आफूहरु देशको संविधानको मुल मर्म र भावअनुसार अगाडि बढ्ने उहाँको भनाइ थियो ।
कुनै व्यक्तिको मुख हेरेर नभई जनताको मुख हेरेर आफूहरु आन्दोलनमा लागेको नेपालको भनाई छ । प्रधानमन्त्री ओलीको विचार गलत रहेको भन्दै उहाँले अहिलेको प्रमुख सवाल पार्टीको नाम र चुनाव चिन्ह नरहेको समेत स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्