
चितवन, बैशाख १० । चितवनमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नम्वर २ की ३९ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत उनलाई वैशाख ८ गते ज्वरो तथा स्वास प्रस्वासको समस्या भएपछि भर्ना गरिएको थियो ।
बैशाख ९ गते कोभिड संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाका अनुसार सघन उपचार कक्षमा भेन्टीलेटरमा राखी उपचार भईरहेको बेला उनको मृत्यु भएको हो ।
मृतक महिला मधुमेह तथा थाइराइडको बिरामी समेत रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्