२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


भारतमा साढे २ खर्ब बढीको राहत प्याकेज घोषणा


0
Shares

एजेन्सी, बैशाख १० । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपये बराबरको राहत प्याकेजको घोषणा गर्नुभएको छ ।

जस अन्तर्गत गरीब जनतालाई दुइ महिनाका लागि निशुल्क खाद्यान्न बितरण गरिने छ ।

प्रधानमन्त्री गरीब कल्याण कोष अन्न योजना अन्तर्गत प्रति ब्यक्ति ५ किलो चामल बितरण गरिने जनाइएको छ ।

यसबाट भारतका ८० करोड गरीब जनतालाई र।हत मिल्ने छ । भारतीय प्रधानमन्त्री मोदीले १० वटा राज्यका मुख्य मन्त्रीहरुसंगको आकस्मिक बैठक समेत गर्नुभएको छ ।

भच्र्युअल वैठकमा प्रधानमन्त्री मोदीले कोरोनाले भयावह रुप लिईरहेको बेला देशमा अक्शिजन अभाव हुन सक्नेतर्फ सरकार सचेत रहेको र अक्सिजन अभाव हुन नदिन सरकार लागिपरेको बताउनुभयो ।

बैठकमा सहभागी १० वटा राज्यका मुख्यमन्त्रीहरुले आ–आफनो राज्यको कोरोना बिवरण पेश गरेका थिए ।