
सोलुखुम्बु, बैशाख १२ । सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–२ फेराका १४७ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको हो ।
पेल्ट्रिक सेटको भरमा परेका यहाँका स्थानीयहरु राष्ट्रिय प्रसारण लाइनको विजुली बाल्न पाउँदा खुशी भएका छन् ।
विद्युतको दिगो र भरपर्दो स्रोतसँग जोडिएपछि जिल्लाबासीहरु उद्योग र कलकारखाना खोल्न कस्सिएका छन् ।
दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले उज्यालो नगर बनाउने अभियानमा अन्र्तगत नगरपालिकाले दिगो रुपमा बिद्युतको व्यवस्था गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्