६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


गोसाइँकुण्ड गाउँपालिकाका विद्यालयहरु बन्द


0
Shares

रसुवा, बैशाख १२ । रसुवाको उत्तरी क्षेत्रमा अवस्थित गोसाइँकुण्ड गाउँपालिका ५ को कोमिन माध्यमिक विद्यालयमा पछिल्लो समय शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिए पछि गोसाइँकुण्ड गाउँपालिकाले आइतबारदेखि एक साताका लागि गाउँपालिकाका सबै विद्यालयहरु बन्द गरेकोे छ ।

विद्यालालयमा शिक्षक, विद्यार्थी र केहि अभिभावकहरु समेत कोरोना पोजेटिभ देखिएको हुनाले कोरोना फैलिन नदिन एक साताका लागि विद्यालहरु बन्द गरिएको गोसाइँकुण्ड गाउँपालिकाका शिक्षा शाखा प्रमुख धु्रब लामिछानेले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिकामा १७ वटा सामुदायिक र ३ वटा नीजि विद्यालय गरि २० वटा विद्यालयहरु रहेका छन ।

यसै गरि रसुवाको उत्तरगया गाउँपलिकामा ३ जना, कालिकामा १ जना र गोसाइँकुण्ड गाउँपालिकामा ४ जना गरि जिल्लामा हालसम्म ८ जना कोरोना संक्रमितहरु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

यसै गरि जिल्ला प्रशासन कार्यालयले अनिवार्य माक्सको प्रयोग गर्न तथा भीडभाड नगर्न अनुरोध गरेको छ ।