११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपाल पक्षसँग एकै ठाउँमा बस्न सक्ने अवस्था छैन, उनीहरुमाथि जस्तोसुकै कारबाही हुन्छ : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग अब एकै ठाउँमा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ ।

ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।

सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।

मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ छ । (हेर्नुहोस् भिडियो)