१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५ सय भन्दा धेरै संक्रमित रहेको स्थानमा लकडाउन गर्न सीसीएमसीको सिफारिस, सबै तहको परीक्षा तत्काल रोक्ने निर्णय


0
Shares

काठमाडौं, बैशाख १२ । सीसीएमसीको बालुवाटारमा आइतबार बसेको बैठकले कोरोना संक्रमणलाई नियन्त्रण गर्न विद्यालय तथा विश्वविद्यालय तहमा चलेको सबै परीक्षा रोक्ने निर्णय गरेको हो ।

हाल स्नातकको विभिन्न तहको परीक्षा सञ्चालन भइहरेको र हुने क्रममा छ ।

बैठकले स्थान हेरेर निषेधाज्ञा र लकडाउन गर्न सिफारिसमेत गरेको छ ।

२ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएको ग्रामीण क्षेत्रमा र ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको सहरी क्षेत्रमा निषेधाज्ञा गर्नसमेत सीसीएमसी बैठकले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।