१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


होटल टिकाइदिनुस् : होटल संघका उपाध्यक्ष शाह


0
Shares

काठमाडौं, बैशाख १३ । होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाईराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गर्नुभएको छ ।

अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने माग गर्नुभएको हो ।

उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताउनुभयो ।

अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेट मार्फत विशेष सम्बोधन गरिनुपर्ने उहाँको भनाइ छ ।

होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने उहाँको आग्रह छ ।

बजेट मार्फत रोजगार संरक्षण कोष घोषणा गर्नपनि शाहले माग गर्नुभयो । सरकारले जारी गरेको मापदण्डले होटल क्षेत्र थप प्रभावित भएको उहाँको ठहर छ ।

होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्ड अनुसार काम गरिरहेको तर सरकार आफैले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योल बढेको पनि बताउनुभयो ।

अब आउने बजेट यस अघिको भन्दा पृथक हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरउत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने माग पनि गर्नुभयो ।