१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संक्रमण बढी देखिएको जिल्लामा स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको आग्रह


0
Shares

काठमाडौं, बैशाख १३ । नेपाल चिकित्सक संघले कोरोना संक्रमण बढी देखिएको जिल्लामा स्वास्थ्य संकटकाल लगाउन आग्रह गरेको छ ।

संघले सोमबार विज्ञप्ती जारी गरी संक्रमितको संख्या बढी रहेका कारण उपचारलाई सहज बनाउन स्वास्थ्य संकटकाल घोषणा गरी लकडाउन गर्न भनेको हो ।

संघले निश्चित अस्पताललाई कोभिड अस्पताल बनाई उपचारमा सहज बनाउन र अस्पतालहरुमा अक्सिजन र एचडियू थप गर्न माग गरेको हो ।

सबै अस्पतालहरुसँग समन्यय गरी नियमित स्वास्थ्य परीक्षण र अत्यावश्यक शल्यक्रिया वाहेकका सेवा वन्द गरी सबै अस्पताल संक्रमितको उपचारमा प्रयोग गर्न विज्ञप्ती मार्फत भनिएको छ ।