
काठमाडौं, बैशाख १३ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालमा प्रजातन्त्र बढी भए भएको टिप्पणी गर्नुभएको छ ।
राजधानीमा सोमबार भएको एक कार्यक्रममा उहाँले पत्रकारहरुप्रति लक्षित गर्दै बोल्न लेख्न पाइयो भन्दैमा जे पनि लेख्ने ? भन्ने प्रश्न गर्नुभयो । आफुलाई सम्पदा विरोधीको रुपमा चित्रण गरिएको दुखेसो ब्यक्त गर्दै उहाँले पत्रकारहरुले अर्काको चरित्र हत्या गरेर पेशा व्यवसाय चलाएको आरोप पनि लगाउनुभयो ।
पत्रकारले राज्य धर्म, कानून र अनुशासन मान्नु पर्ने कि नपर्ने भन्दै मेयर शाक्यले कमल पोखरीको पुनःनिमार्णमा समेत भ्रम छर्ने काम भएको आरोप लगाउनुभयो ।
कमल पोखरीको पुनःनिमार्णको विरोध गर्नेहरु दुई चार जना रहेको भन्दै उहाँले आवश्यक परे आफूले एकै सिठीमा आठ दश हजार मान्छे उतार्ने बताउनुभयो ।
उहाँले कमल पोखरीको पुन निर्माणले निरन्तरता पाउने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्