
नवलपरासी, बैशाख १३ । पश्चिम नवलपरासीमा अक्सिजनसहितको सुविधायुक्त आइसोलेसन नहुँदा कोरोना संक्रमितलाई उपचारमा समस्या भएको छ ।
छिमेकी जिल्ला रुपन्देहीका कोरोना विशेष अस्पतालहरुमा समेत बेड अभाव हुँदा बिरामीहरु जिल्ला अस्पतालमा छटपटाएर बस्नु पर्ने बाध्यता छ ।
कोरोना संक्रमितलाई सुविधा युक्त अस्पतालमा पठाउन खोजिए पनि बेड अभावले जिल्ला अस्पतालमै राख्नु पर्ने बाध्यता छ ।
सुविधा नहुँदा बिरामीलाई सामान्य अक्सिजन दिएर जिल्ला अस्पतालमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मोहम्मद नुरुल होदाले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बेड खाली हुने बित्तिकै कोरोना संक्रमितलाई सुविधासम्पन्न अस्पतालमा पठाइने जानकारी दिनुभयो ।
जिल्लामा ४३ जना नयाँ संक्रमित देखा परेका छन् भने १५ दिनमा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्