१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मनमोहन अधिकारीको २२ औं स्मृति दिवस


0
Shares

काठमाडौं, बैशाख १३ । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको सोमबार २२ औं स्मृति दिवस ।

यस वर्ष औपचारिक कार्यक्रम नगरिए पनि अधिकारीको सम्झनामा विभिन्न व्यक्तित्वहरुले काठमाडौंको सानेपामा पुगेर उहाँको शालिकमा माल्यार्पण गरेका छन् ।

मनमोहन स्मृति प्रतिष्ठान र नेकपा एमालेले हरेक वर्ष विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आएपनि यस वर्ष कोभिड–१९ संक्रमणको जोखिमका कारण कुनै औपचारीक कार्यक्रमको आयोजना भएन् ।

२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको सरकारले ‘जेष्ठ नागरिकलाई भत्ता’, ‘आफ्नो गाउँ आफै बनाउँ’ लगायतका लोकप्रिय कार्यक्रमहरु शुरु गरेको थियो ।

अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले स्मरण गरिरहेका छन् ।

वि.सं. १९७८ असार १५ गते जन्मनु भएका अधिकारीलाई सरल, शालीन र सादगी जीवन विताउने नेताको रुपमा स्मरण गर्ने गरिन्छ ।

पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ वैशाख १३ गते निधन भएको थियो ।