८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


काठमाडौंमा पहिलो पटक हाउस पुलिङ प्रणालीबाट घर निर्माण


78
Shares

काठमाडौं, बैशाख १३ । काठमाडौंमा पहिलो पटक हाउस पुलिङ प्रणालीबाट १७ वटा घर निर्माण गरिएको छ ।

विश्व सम्पदा सूचिमा सुचिकृत स्वयम्भु महाचैत्य परिसरमा रहेका बुद्धाचार्यहरुका १७ वटा हाउस पुलिङबाट बनाइएको हो ।

०७२ सालको महाभुकम्पबाट भत्किएका ती घरहरु सोमबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले घरधनीलाई हस्तान्तरण गर्नुभयो ।

साथै कर्मराज महाविहारको पुन निमाण पनि सम्पन्न भएको छ ।

घरहरु पुजारी परिवारले भोगचलन गर्न पाउने तर बेच्न भने पाउने छैनन् ।

१७औं कर्मपा थिन्ले थाय दोर्जेले महाविहार र बुद्धाचार्यहरुका घर पुननिमार्णका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा पुननिमार्णमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।