६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


लगानीकर्ता हच्किदा दुई दिनमै नेप्से डेढसय अंकले घट्यो


0
Shares

काठमाडौं, बैशाख १३ । साताको दोश्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट जारी रह्यो ।

कोरोनाको त्रास बढेसँगै लगानीकर्ताको मनोबल खस्किदा सोमवार नेप्से ६५ अंकले ओरालो लागेर २५ सय ६ मा आइपुग्यो ।

आइतबार पनि ७५ अंकको पहिरो गएको थियो । यसरी २ दिनमै शेयर बजारमा डेढ सय अंकको गिरावट आएको छ ।

उतरचढाकाबीच २५ सय ७७ सम्म पुगेको परिसुचक त्यस पछि ओरालो लागेर २५ सयको नजिक आइपुगेको हो ।

यस दिन पनि सबै समूह राताम्मे रहे । निर्जिबन बिमा समुह सबैभन्दा उच्च ३ सय ८५ अंकले ओरालो लाग्यो ।

जीवन बीमा समूह पनि ३ सय ५९ अंकले घट्यो । यस्तै व्यापार समुहमा १ सय २७ अंकको गिरावट आउँदा लघुवित्त समुह १ सय १२ अंकले, जलविद्युत समूह ९९ अंकले, उत्पादनमूलक समूह ९५ अंकले ओरालो लागे ।

विकास बैक समूहमा पनि ८८ अंक अनि होटल तथा पर्यटन समूहमा ७१ अंकको गिरावट आउँदा, अन्य र वाणिज्य बैंक समूहमा पनि दोहोरो अंकको कमी आयो ।

यस दिन विशाल बजार कम्पनी र महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले भने सबैभन्दा बढी कमाए ।

यस दिन जम्मा ८ कम्पनीको मात्र मुल्य बढेको हो भने १ सय ७१ कम्पनीको मुल्यमा कमी आएको छ ।

३ कम्पनीको मुल्य भने स्थीर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २० कम्पनीको १ करोड २९ लाख कित्ता शेयर ६ अर्ब ५९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।